Skip to main content

Posts

Showing posts from July, 2017

‘नो पेइन नो गेइन’- प्रेम पुन्थोकी

अहिले चिसोको मौसम छ , कम्तिमा बिहानको आठ नबज्दा सम्म सिरकबाट बाहिरिने मन सायदै कमैलाई हुन्छ र मलाई पनि । यहि परिस्थितिलाई हेर्दा मेरो मनमा धेरै कुरा खेल्छन् । दिन छोटो रहेका यि समयमा सा“झ खाना खाइवरी आठ बज्दा बिस्तारामा पुग्दा र भोली बिहान आठ बजे उठ्ने हो भने बाह्र घण्टा हाम्रो समय सुतेरै जा“दो रहेछ । यसरी हेर्दा हामी आफ्नो औसत उमेरको तीस बर्ष भन्दा बढि सुतेरै बिताउ“छौं या बित्छ । यि कल्पना गर्दा हाम्रो उर्जाशिल समयको कसरी प्रयोग भइरहेको छ भन्ने कुरा पनि मनमा खेल्छ । यस्तो परिस्थितिमा हामीले धेरै बहानाहरु मनमा खेलाएका हुन्छौं । जस्तै कहिले अत्याधिक चिसो छ भनेर मनमै बहाना बनाउ“छौ । कहिले दिनभर कुनै काममा खट्नुपरेको कारण थकाइ लागेको कारण आफै स“ग देखाउ“छौ । कहिले स्वास्थ्यमा केही अस्वस्थता महसुस गर्नुपरेको भने ठान्छौं, कहिले विक इण्ड तथा मन्थ इण्डको बहाना पार्छौं । कहिले कोही साथी स“ग समय खर्चनु परेको अथवा साथीलाई समय दिनको लागि समय खर्चिएको बहाना पार्छौं , कहिले कतै कुनै उत्सव तथा महोत्सवमा जुट्नु परेको बहाना गर्छौं एवं रितले हामीमा धेरै बहानाहरु सृजिइन्छन् जसले हामीलाई अल्छि मात्र ब...

खुसी, सुख र जीवन - प्रेम पुन्थोकी

कहिले का“ही साथीहरुस“ग स्पष्ट जवाफै नभएका बिषयमा बहस हुन्छ । गुणस्तरीय जीवन भित्रको आत्मिक अनुभुतिजन्य पाटो हामी सुखको खोजीमा छौं कि खुसीको ? यसको तुलना गर्न खोज्दा मलाई यो माया र दया बिच तुलना गरे जस्तो लाग्छ । हुन त माथिका यि सबै कुराहरु अनुभुति या महसुस गर्ने कुराहरु हुन् तर गहिरिएर सोंच्ने हो भने यो फरक खोजको बिषय हो जस्तो लाग्छ । आम मानिस सुखको खोजीमा हुन्छ की खुसीको ? पछिल्लो प्रश्न बाटै स्पष्ट हुन्छ सुख भित्र खुसी जोडिएको छ तर खुसी जति प्रिय शब्द छ सुख त्यति संकुचित । अचम्म लाग्दो कुरा किताब लेख्नेहरुले आज सम्म खुसीलाई समेटेर किताब लेख्न जति हिच्किचाए, ठ्याक्कै त्यसको फरक सुखलाई समेटेर धेरै किताब लेखिए । मानव अस्तित्वले स्विकारेका भगवान बुद्ध देखी हाल सम्मका साधु, सन्त महात्महरु सुखको खोजीकै लागि सर्वस्व त्याग समेत गरेका छन् । यसबाट इतिहास तर्फ फर्कदा न त हिंजो भगवान गौतम बुद्धले सुखलाई भेटाए न त अहिले गृहस्त र सांसारिक मोहबाट बाहिर पुगेर त्यसकै खोजीमा छौं भन्नेले नै त्यसलाई भेटाए । तथापी सुख प्राप्तीका लागि केही बाटाहरु बताएका छन् त्यसलाई कुनै दिन अर्को प्रसंगमा छलफल गरौंला । त...

अबसर, क्षमता र महत्वकांक्षा - प्रेम पुन्थोकी

कुनै उत्प्रेरक प्रसंगमा भनिएको छ , एउटा बिशाल गुलाफ फूलको बगैंचामा एक युवक बगैंचा भरकै अति  सुन्दर फूलको खोजी गर्दै जान्छ, शुरुमा बगैंचाको एक छेउबाट पस्छ, बगैंचा बिशाल छ, फूलहरु करोडौं छन् , यस मध्येबाट उसलाई सुन्दर फूल छान्नुछ । उसको मन यत्तिकै चञ्चल बन्यो कुन फूल चुनु“, कुन फूल छानु“, एकै छिन कुन राम्रो देख्छ, केही बेरमा अर्को । बगैंचा चहार्दै गयो, बगैंचाकै सुन्दर फूल त अलि भित्र होला, उसको आशाले भन्यो साथै मन पनि लोभियो । उ भित्र पस्दै एक एक बोट सुम्सुम्याउ“दै बगैंचाकै अन्तिम बिन्दुमा पुग्यो । लाग्यो उसलाई सुन्दर फूल बगैंचाको बिच तिर कतै थियो , सा“झ पर्दै थियो हतार हतार दौडियो, उसले ठम्याएको फूल खोज्दै आयो , अपशोच † बगैंचामा उसले रोजेको फूल मात्रै हैन बा“की फूल पनि कसैले टिपिसकेको थियो । सुन्दर फूल खोज्दै गरेको युवक, सुन्दर फूल हैन खाली हात फर्कियो ।         हामी अहिले त्यही बिशाल बगैंचामा छौं । हामीहरुस“ग त्यस्तै अथाह अवसरहरु छन् । हामी तिनै फूलहरुको रोजाइमा दौडिरहेको छौं । कतिले कुन खालको डिग्रि बोकेका छौं त कतिले कुनै प्रकारको सिप । धेरैको स...

आत्म बिश्वास, संभावना र प्राथमिकता - प्रेम पुन्थोकी

कतै कुनै बिद्धानले भनेका छन् ‘जब तिमी तिम्रा समस्यामा केन्द्रित रहन्छौ, तिमीस“ग समस्या अरु थपिन्छन् तर तिमी आफु भित्रको संभावनामा केन्द्रित हुन्छौ तब तिमी बरिपरि बग्रेल्ती संभावनाहरुले भरिएको हुन्छ ’ । यस सन्दर्भमा हामीले यस भन्दा अगाडिका धेरै शृङ्खलाहरुमा धेरै छलफल पनि गरेका छौं । हामी भित्रको सबै भन्दा ठुलो कमजोरी आफु भित्रको डर हो । त्यही आफु भित्रको डरले हामीलाई यसरी कमजोर बनाउदै लगेको छ , बिस्तारै यसले हामीलाई थला पादै जान्छ । म यो गर्न सक्दिन, म स“ग यो छैन, यो गर्दा के पो हुने हो .....यी र यस्तै कुराहरु मनमा खेल्छन् । ‘संसारमा असम्भव बाहेक असंभव अरु केही छैन ’ यो त अब सबैका लागि नारा नै भैसक्यो , सायद मन्त्र पनि होला । तर‘ बिस्तारामा मुक्ति र स्थिरतामा उपलब्धि छैन, कोरा कल्पना हो’ भन्ने कुरा हामीले प्राय संझन्नौं, म यो गर्छु, यसलाई यसो गर्छु,उसो गर्छू मात्र बिस्तरामा पल्टिएर बिस्तारै बाटै गुमाउने हाम्रो परिपाटी हाम्रा निम्ती घातक हो । कुनै धर्मशास्त्रमा भेटे जस्तो तथास्तुको कथा अवको युगमा कतैबाट पजि संभव छैन  । इच्छा देखाउनु र प्राप्तिको लागि प्राथना आवश्यक कुरा हैन अब त आवश...

असफलता भित्रका सफलताहरु - प्रेम पुन्थोकी

चर्चिलले भनेका छन् ‘सफलताको अन्त्य कहिल्यै हु“दैन र असफलता सत्य हैन यी त मात्र नियमित गणना भित्र मात्र पर्छन् ’ । अर्थात कुनै काममा असफलता भन्ने नै हु“दैन केवल यो सफलता प्राप्तिको यात्रा भित्रको एक चरण मात्र हो न त सफलता भन्ने कुरा नै कुनै एक ठाउ“मा गएर रोकिन्छ । सफलताका अनेक रुप र चरण हुन्छन् जो हाम्रो जीवन प्रयन्त जारी रहेको हुन्छ । यदी सफलताको अन्त्य रोकिने भए हामी एक पछि अर्को आकांक्षा र आवश्यकता जन्माउदै सफलता खोज्ने थिएनौं । हामी कुनै पनि सफलतामा क्षणिक खुसी मात्र भेट्छौं त्यस पछि अर्को सफलताको खोजीमा दौडिइरहेका हुन्छौं । स्कुल शुरु गर्दाका दिनमा कुनै कक्षालाई पार गर्नुलाई हामी लक्ष्य ठान्यौं जव कक्षा अगाडि बढ्दै गयो त्यस पछि पनि अर्को कक्षाको सफलताको भोक हामीमा लागि रह्यो । स्कुल सिद्धाए पछि कलेजका दिनहरुमा यस्तै सफलता र भोकहरु जन्माउदै गयौं । त्यस्तै केही शिक्षा आर्जन गरिसकेपछि सामान्य भए पनि रोजगारीको अवसरको खोजीमा रह्यौं । त्यस भित्र पनि फेरी अनेक उत्कृष्ट अवसरको खोजीमा जोतिएका हुन्छौं । अन्य पेशा तथा व्यवसायको हकमा पनि त्यस्तै हुन्छ । यसको मतलव हामी कुनै पनि सफलता तथा असफलता...

सकारात्मक सोंच र हाम्रो दृष्टिकोण - प्रेम पुन्थोकी

कुरा बस्तु या व्यक्तिको वास्तबिकता भन्दा पनि हाम्रो दृष्टिकोणले प्रभाव पारिरहेको हुन्छ । आजका हरेकाका गतिबिधिहरु आफ्नो मूल्यांकन भन्दा पनि अरु प्रति खनिनमा उद्धत छन् , चाहे त्यो जुनसुकै क्षेत्र किन नहोस् । एउटा उत्प्रेरक प्रसंगमा कतै लेखिएको छ ‘फूलबारीको फूल , मात्र फुलेर रहेको हुन्छ नकी अरुस“ग प्रतिस्प्रर्धा गरेको होस्’ यो प्रसंगले हाम्रो जीवनका धेरै कुराको तथ्यस“ग जोडिएर रहेको छ । फूलबारीमा फूल फुलिरहेको हुन्छ , फूलबारीको शोभा मात्र हैन तपाई हामी धेरैको मन पनि जितिरहेको हुन्छ तर हामीलाई त्यसरी मन्त्रमुग्ध पार्ने फूलहरुमा कहिल्यै पनि फुल्नकै लागि कतै पनि आपसमा प्रतिस्प्रर्धा देखिन्न , किनकी त्यो फूललाई प्रतिस्प्रर्धा भन्ने कुराहरु थाहा छैन मात्र फुल्नुपर्छ भन्ने कुरा थाहा छ । हाम्रो जीवन पनि यस्तै हो फरक यत्ति हो , हामी पनि फुल्ने दौडमा छौं तर हाम्रो फुलाई फूलवारीको फूलको जस्तो स्वतन्त्र फुलाई छैन , हामीले आफुले के गर्ने भन्दा पनि अरुले के गर्यो र के भयो भन्न मा उद्धत छौं । केही अगाडि कुनै एक प्रसंगमा कुरा उठेको थियो, हाम्रो प्रतिस्प्रर्धि हामी आफै हो र प्रतिस्प्रर्धा अरुस“ग नभएर आफै ...

'आमा मलाई बिर्स ' - प्रेम पुन्थोकी

“............. मैले घरपरिवार , बुवाआमा , दाजभाई र आफन्त त्यागेर आउन सकें भने तिमीले पनि त्याग्न सक्नुपर्छ .......” जुनी रिसले कट्कदै थिई । उसको बोलीमा कुनै नरमपना थिएन । कठोरताले बहकिएुुर निस्किएको आवाज मेरो मुटुमा नराम्ररी गढ्न आइपुग्यो । मेरो सहनशिलताको पर्खाल नराम्ररी ढल्न पुग्यो । सायद आवेश रोक्न सकिन मैले । मेरै अगाडी फत्फताईरहेकी उसलाई दायाँवायाँ नसोची दुई झापड हिर्काएँ । हुन सक्छ मैले बोल्ने शब्द भेटाईन या उ चाहिने भन्दा बढी बोली , त्यो मुल्यांकनको अर्काे पाटो थियो । जुनी नराम्ररी रोइ , झापडको पिडाले रोइ या चित्त दुखाईले रोई । आज सम्म उसलाई  हात छाड्न त के चर्को बोली समेत बोलेको थिएन मैले । त्यो पल साविक भन्दा धेरै परको परिवर्तन मैले केही क्षण पछि महशुस गरें भने सायद रुवाईको घुम्टो भित्रकी जुनीले पनि सोंच्दै हुँदी हो । उ अर्को पट्टि फर्किइ म अर्को पट्टि फर्केर बसें । विगत का पाना फरफरर्ती एकाएक स्मृतीको हुरीले फर्काएर ल्यायो । चार बर्ष लामो प्रेम सम्बन्धको अन्तरालमा प्रणयसुत्रमा बाँधिएको हाम्रो सम्बन्धमा मैले उसलाई धेरै नजिक बाट बुझेको थिएँ , मेरो वास्तबिकता बाट उ पनि दुरीमा...

हैसियत नभएको म - प्रेम पुन्थोकी

अब ‘हैसियत–३’ निस्कदैछ, सामाजिक संजालबाट योजना सार्वजनिक गर्दा सायद पुष्पदाईलाई फोन गर्नेको लिस्टमा म पनि दश भित्र पर्छु होला । पुष्पदाईलाई म कम्तिमा गजलको हकमा आफ्नो गुरु र प्रेरणाको स्रोतका रुपमा लिन्छु, केही बर्ष अगाडि गजलगंगामा समेटिएको मैले यस पटक हैसियत–३ छुटाउन हुन्न भन्ने मनसायले फोन गरिहालें ‘दाई मैले पनि सृजना पठाउँदै छु’ । धेरै समय पछिको सम्पर्कमा निकै मायाका साथ दाईले मलाई रचनाको स्वागतका लागि आतुर भएको जानकारी दिनुभयो । देशभरका स्रष्टा समेटिने लक्ष्य, बिदेशमा रहेका स्रष्टाको समेत सहभागिता हुने र पेजका हिसाबले कम्तिमा हजार पेज । सृजना आफैमा बलिया हुने कुरामा के संकोच रह्यो र त्यस माथि पुष्पदाईको संयोजन र सम्पादन । २०६१ देखी गजल लेख्न थालेको मैले २०६३ सम्म अर्घाखाँचीमा उपलब्ध तत्कालिन स्रष्टाको भिडमा संख्याको हिसाबले सबै भन्दा बढि गजल लेख्ने म थिएँ हुँला ( अरु भएको भए पनि अन्थया नलिइदिनुहोला ) त्यस बेला मैले दुई बर्षको अबधिमा लेखेका हजारको नजिक गजल थिए । उतिबेला गजल अग्रजहरुले भन्नुु हुन्थ्यो, अहिले गजलको बाढी आएको छ , बाढीमा जे पनि मिसिन सक्छ । लाग्थ्यो कतै म पनि त्यसै भित...