Skip to main content

आत्म बिश्वास, संभावना र प्राथमिकता - प्रेम पुन्थोकी


कतै कुनै बिद्धानले भनेका छन् ‘जब तिमी तिम्रा समस्यामा केन्द्रित रहन्छौ, तिमीस“ग समस्या अरु थपिन्छन् तर तिमी आफु भित्रको संभावनामा केन्द्रित हुन्छौ तब तिमी बरिपरि बग्रेल्ती संभावनाहरुले भरिएको हुन्छ ’ । यस सन्दर्भमा हामीले यस भन्दा अगाडिका धेरै शृङ्खलाहरुमा धेरै छलफल पनि गरेका छौं । हामी भित्रको सबै भन्दा ठुलो कमजोरी आफु भित्रको डर हो । त्यही आफु भित्रको डरले हामीलाई यसरी कमजोर बनाउदै लगेको छ , बिस्तारै यसले हामीलाई थला पादै जान्छ । म यो गर्न सक्दिन, म स“ग यो छैन, यो गर्दा के पो हुने हो .....यी र यस्तै कुराहरु मनमा खेल्छन् । ‘संसारमा असम्भव बाहेक असंभव अरु केही छैन ’ यो त अब सबैका लागि नारा नै भैसक्यो , सायद मन्त्र पनि होला । तर‘ बिस्तारामा मुक्ति र स्थिरतामा उपलब्धि छैन, कोरा कल्पना हो’ भन्ने कुरा हामीले प्राय संझन्नौं, म यो गर्छु, यसलाई यसो गर्छु,उसो गर्छू मात्र बिस्तरामा पल्टिएर बिस्तारै बाटै गुमाउने हाम्रो परिपाटी हाम्रा निम्ती घातक हो । कुनै धर्मशास्त्रमा भेटे जस्तो तथास्तुको कथा अवको युगमा कतैबाट पजि संभव छैन  । इच्छा देखाउनु र प्राप्तिको लागि प्राथना आवश्यक कुरा हैन अब त आवश्यकता प्राप्तिको लागि साधना हो, साधना भनेको अभ्यास हो , कुनै उत्प्रेरक प्रसंगले भनेको छ ‘तिमी थाकेर नरोकिउ मात्र सिद्धाएर रोकिउ’ । हामीले आफुले आफुलाई बिस्वास गर्न सकेका छैनौं । आफुले आफैलाई गर्ने बिस्वास भनेको नै आत्मबिस्वास हो , आत्मबिस्वास जत्तिको बलियो माध्यम सफलताका लागि केही हुनै सक्दैन । केही क्षण सुरुकै प्रसंगमा जाऔं । हामी म स“ग यो छैन, त्यो छैन भन्दा बढि म स“ग पनि केही छ भन्ने कुरामा केन्द्रित हुन जरुरी छ । शुरुमा यो गर्छू , त्यसले मलाई यो गर्न सहयोग गर्छ भन्ने खालको योजना बन्न आवश्यक छ । यसमा पनि लक्ष्य आवश्यकता त हो तर लगाव अरु आवश्यक कुरा हो । हामीले संझनुपर्ने सत्य यो छ, हाम्रो गन्तव्यको प्राथमिकता अन्तिम बिन्दु हुनै सक्दैन, तत्कालको आवश्यकता त पहिलो पाइला हो । हजार माइलको यात्रा एउटा पाइला बाट शुरु हुन्छ भने जस्तै हाम्रो बिशाल सपनाको यात्रा पनि त्यत्तिकै दुरीमा हुन्छ । सफलता रातारात प्राप्त हुन सक्ने कुरा होइन । अपवात बाहेकका कुनै पनि यस्ता तथ्य छैनन् जुन सामान्य र छोटो अवधी मा सफलता हासिल गरिएकाछन् । म यो गर्न सक्दिन भन्दा पनि यो गर्न सक्छु भन्ने आ“ट आ“तै देखि जुटाउन सके हरेक कुरा संभव छ नै, यो ठोकुवा गर्न सकिने कुरा हो । भनिन्छ सबै सफल व्याक्तिका पछाडि अथाह पिडाका कथा छन् । धेरै पिडादायी कथाहरुको संघर्षहरुको सुखद अन्त्य छ र भएको छ तसर्थ सफलता प्राप्तिको लागि खुसी प्राप्तिको लागि तत्कालको दुःख लाई सामान्य ठान्ने हो भने खुसी आफै निम्तन सक्छ । लाग्न सक्छ , बर्षौ देखी पढेर बिभिन्न डिग्रिहरु जुटाएका छौं तर पनि डिग्रिको भ्यालु छैन, छैन र भएन भन्ने कुरा आफैमा ठुलो छ , डिग्रिको महत्व दिनै पर्ने निकायले दिनुपर्ने हो तर दिएन भने पनि हामी निकम्मा हौं त ? यो हामी भित्रै उत्तर भेटिने उत्तर हो , हामीले के गर्न सक्छौं भनेर चिन्ने त आफै पो हो त, रह्यो अभावको कुरा अभाव धेरै संभावनाहरुको पोका हो भन्ने कुरा बिर्सनु हु“दैन, जब हामी भोकाउ“छौ र मात्रै भोजनको खोजी गर्न सक्षम हुन्छौं , हो अभाव भनेको त भोक हो । अहिलेको समयमा जति धेरै प्रतिस्प्रधा छ उत्तिकै प्रतिस्प्रर्धा भित्र संभावनाहरु छन् । हामी सामान्य असफलता, अथवा एक, दुइ प्रयासहरुबाटै निरास हुन शुरु गछौं । निरन्तरता हाम्रो प्राथमिकता बन्न सक्दैन । आफु भित्रको संभावनाको खोजी र आफुमा निखारताको लागि किन हामी हात बा“धिरहेका छौं । सबै सबैमा दोष थोपरेर भन्दा पनि आफुले आफैबाट प्रयास गरेर सामान्य भन्दा सामान्य उपलब्धिलाई पनि स्विकार्न सकेर त्यसैबाट अगाडि बढ्न सक्नु सफल व्यात्तिको आवश्यकता हो । अन्त्यमा सबै भन्दा बढि बिश्वास र गर्व आफुमा गरौं, जति सोंच्छौ त्यस भन्दा बढि काम गरौं । जीवन छोटो छ तर यात्रा लामो छ । बहाना भन्दा बढि संभावनाको खोजी गरौं । मनमा त्रास होइन मनबाट आशा गरौं , सकारात्मक सोचौं ।

Comments