Skip to main content

अबसर, क्षमता र महत्वकांक्षा - प्रेम पुन्थोकी


कुनै उत्प्रेरक प्रसंगमा भनिएको छ , एउटा बिशाल गुलाफ फूलको बगैंचामा एक युवक बगैंचा भरकै अति  सुन्दर फूलको खोजी गर्दै जान्छ, शुरुमा बगैंचाको एक छेउबाट पस्छ, बगैंचा बिशाल छ, फूलहरु करोडौं छन् , यस मध्येबाट उसलाई सुन्दर फूल छान्नुछ । उसको मन यत्तिकै चञ्चल बन्यो कुन फूल चुनु“, कुन फूल छानु“, एकै छिन कुन राम्रो देख्छ, केही बेरमा अर्को । बगैंचा चहार्दै गयो, बगैंचाकै सुन्दर फूल त अलि भित्र होला, उसको आशाले भन्यो साथै मन पनि लोभियो । उ भित्र पस्दै एक एक बोट सुम्सुम्याउ“दै बगैंचाकै अन्तिम बिन्दुमा पुग्यो । लाग्यो उसलाई सुन्दर फूल बगैंचाको बिच तिर कतै थियो , सा“झ पर्दै थियो हतार हतार दौडियो, उसले ठम्याएको फूल खोज्दै आयो , अपशोच † बगैंचामा उसले रोजेको फूल मात्रै हैन बा“की फूल पनि कसैले टिपिसकेको थियो । सुन्दर फूल खोज्दै गरेको युवक, सुन्दर फूल हैन खाली हात फर्कियो ।
        हामी अहिले त्यही बिशाल बगैंचामा छौं । हामीहरुस“ग त्यस्तै अथाह अवसरहरु छन् । हामी तिनै फूलहरुको रोजाइमा दौडिरहेको छौं । कतिले कुन खालको डिग्रि बोकेका छौं त कतिले कुनै प्रकारको सिप । धेरैको सम्पर्कमा रहेका हामीस“ग हामीलाई सुझाव दिनेको भिड पनि ठुलै छ । कसैले के भन्छ त कसैले के भन्छ । तपाइलाई पनि धेरैले सुझाव दिइरहेकाछन् , कतिले जागिर खाएर बस् , कसैले जागिर गरेर के गर्छस् , व्यावसाय गर् न त भन्नेहरु पनि छन् । कसैले बिदेश हानिनेको लहर देखेर बिदेश सुझाउनेहरु पनि छन् । हामीहरु यि र यस्तै संभावनाहरुमा रुमल्लिएका छौं । अवश्य पनि यो परिस्थितिमा निर्णय लिन अवश्य कठिन छन् तर यो भनिरह“दा कतै हामी शुरुको प्रसंगमा सुन्दर फूल खोज्न जा“दा रित्तै हात फर्किए जस्तै पाएका अवसर गुमाइरहेका त छैनौं ? त्यसो त सन्तुष्टिको कुनै बिन्दु प्रगतिकोलागि बाधक र घातक मानिन्छ । सफलताको सुत्र भन्छ हाम्रा गन्तव्यको अन्तिम बिन्दु कतै भेटिन्न तर सफलताको लागि आज भन्दा भोली र प्रगति आज भन्दा भोली हुनुपर्छ । यसकोे अर्थ हामी कतैको लागि तय गरिएको यात्रा शुरु नै नगरिए गन्तब्यमा पुग्ने संभावना नै रहन्न । तपाई हामी कत्ति अहिले कुनै पनि संभावनाको बिश्लेषण गर्न नसकेर रुमल्लिएका छौं । सफलताको यात्राको सुरुवात भन्नु नै कुनै गन्तब्यका लागि पाइला तय गर्नु हो । हामी धेरै महत्वकाक्षी छौं,महत्वकांक्षा सफलताका लागि आफैमा महत्वपुर्ण छ तर एकमा भन्दा अर्कोमा राम्रो देख्ने र एक भन्दा अर्कोमा उत्कृष्ट ठम्याउनु हाम्रो बिशेषता हो । यस बिचमा हामीले कति कामको बिश्लेषण गरेका छौं त ? शुरुमा त आफुलाई सामान्य भए पनि एक ठाउ“ उभ्याउन आवश्यक छ । अहिले राम्रो आम्दानी र उत्कृष्ट अवसरको खोजी गर्दै बिदेश तिर हानिने क्रम बढ्दै छ , भोग्नेहरुको भोगाइबाट बुझ्दै आएको कुरा हो , बिदेश पनि त्यति सहज छैन । हामीले सानो र सामान्य काम भनेर लत्याएका धेरै कामहरुमा निरन्तर जुध्नेहरु अथाह सफलता प्राप्त गरिरहेकाछन् । कतै हामीले सुन्दर फूलको खोजीमा भौतारिए जस्तै अवसरहरु गुमाइरहेका त छैनौं ? यस बारे जो कोहीले सोंच्न जरुरी छ । हामीले बुझेको क्षितिज पृथ्वी र आकाश जोडिएको बिन्दुलाई भनिन्छ । हामीले देख्ने क्षितिजको बिन्दु हामी भन्दा अगाडि सूदुरमा देखिन्छ । हामी त्यो छितिजलाई पछ्छाउ“दै जान्छौं, पछ्छाउ“दै जान्छौ, जति पर जान्छौं क्षितिज उति पर देखिन्छ, फरक हामी त्यहा“बाट पछि फर्केर हेर्यौं भने त्यो क्षितिज शुरुमा हामी जुन ठाउ“मा हामी थियौ, त्यहा“ पनि क्षितिज देखिन्छ । यसको अर्थ त्यो संभावना र अवसर अहिले र आफै स“ग छ जसलाई हामी चिन्न सकेका छैनौं अथवा चिन्ने प्रयत्न समेत गरेका छैनौं । भनिन्छ कस्तुरीले आफैबाट आएको सुगन्धलाई भेट्न कोसौं दौडिन्छ तर जुन सुगन्घलाई पछ्छाएको छ त्यो सुगन्ध आफैबाट आएको हो भन्ने कुरामा उ ज्ञात छैन । हामी जन्मदा सबै रित्तै जन्मिएका हौं, प्राकृतिक रुपमा हुनुपर्ने स्वरुप सामान्यत सबैमा एउटै छ , फरक यति हो हामी सबै समान अवसरमा छैनौं तर यो भनिरह“दा हामी सबैमा भएका कुनै न कुनै क्षमता आफैमा कमजोर छैनन् । पटक पटक उठिरहेको कुरा हो यहा“ कोही हरेकमा निपुण छैन तर सत्य यो पनि हो हामीमा कुनै न कुनै क्षमता र दक्षता नभएको पनि कोही छैन । फूलको खोजीमा भौतारिदा रित्तै हात फर्किए जस्तै, कस्तुरीले आफ्नो सुगन्ध नभेटाए जस्तै अवसरका भोका हामी गतिहिन भएर नदौडौं सफलता हाम्रा हातले छाम्न नसकिने गरि हाम्रै वरिपरि फैलिइको छ जसलाई चिनौं, छोपौं र आफ्नो बनाउ“ ।

Comments