Skip to main content

‘नो पेइन नो गेइन’- प्रेम पुन्थोकी



अहिले चिसोको मौसम छ , कम्तिमा बिहानको आठ नबज्दा सम्म सिरकबाट बाहिरिने मन सायदै कमैलाई हुन्छ र मलाई पनि । यहि परिस्थितिलाई हेर्दा मेरो मनमा धेरै कुरा खेल्छन् । दिन छोटो रहेका यि समयमा सा“झ खाना खाइवरी आठ बज्दा बिस्तारामा पुग्दा र भोली बिहान आठ बजे उठ्ने हो भने बाह्र घण्टा हाम्रो समय सुतेरै जा“दो रहेछ । यसरी हेर्दा हामी आफ्नो औसत उमेरको तीस बर्ष भन्दा बढि सुतेरै बिताउ“छौं या बित्छ । यि कल्पना गर्दा हाम्रो उर्जाशिल समयको कसरी प्रयोग भइरहेको छ भन्ने कुरा पनि मनमा खेल्छ । यस्तो परिस्थितिमा हामीले धेरै बहानाहरु मनमा खेलाएका हुन्छौं । जस्तै कहिले अत्याधिक चिसो छ भनेर मनमै बहाना बनाउ“छौ । कहिले दिनभर कुनै काममा खट्नुपरेको कारण थकाइ लागेको कारण आफै स“ग देखाउ“छौ । कहिले स्वास्थ्यमा केही अस्वस्थता महसुस गर्नुपरेको भने ठान्छौं, कहिले विक इण्ड तथा मन्थ इण्डको बहाना पार्छौं । कहिले कोही साथी स“ग समय खर्चनु परेको अथवा साथीलाई समय दिनको लागि समय खर्चिएको बहाना पार्छौं , कहिले कतै कुनै उत्सव तथा महोत्सवमा जुट्नु परेको बहाना गर्छौं एवं रितले हामीमा धेरै बहानाहरु सृजिइन्छन् जसले हामीलाई अल्छि मात्र बनाएको छैन , कुनै प्रगतिको मार्गबाट पछाडि धकेल्दै लगेको पनि छ । स्वाभावैले मानिस सहजताका पछि लाग्छ ,जे कुरा सहजै गर्न सकिन्छ वा जे कुरा सहजै संभव छ त्यही काम गर्नको लागि मानिस अगाडि सर्छ , जसले सहजता खोज्छ उसैलाई उपलब्धी पनि अजंगको चाहिन्छ, मैले भनिसकें यो मानविय स्वभाव भित्र पर्छ तर उपलब्धि हाम्रो पहु“च भन्दा धेरै पर छ अर्थात हाम्रो असामान्य प्रयत्नबाट मात्र असामान्य उपलब्धिहरु प्राप्त गर्न सक्छौं । शुरुवातमै राखेको र्शिषक जस्तै ल्य एबष्ल ल्य न्बष्ल अर्थात कुनै काममा हाम्रो लगाव अथवा यत्न छैन, उपलब्धि पनि छैन । हाम्रा हातमा यत्तिकै थन्किएका प्राज्ञिक डिग्रिका खोस्टा (प्रमाण पत्र ) छन् । हामी राज्यका बेरोजगार कम्पनीको उत्पादन हामीले आफैलाई ठान्छौं , धेरै ठाउ“ उपयुक्त व्यवस्थाको माग गरिरहेका हुन्छौं , यो सत्य हो , हामीले शिक्षा आर्जन गरिसकेपछि राज्यले रोजगारीको व्यवस्था गरिदिनुपर्छ तर यो भन्दैमा हाम्रो जस्तो अस्थिर सरकार त्यस माथि बिकाशोन्मुख राष्ट्र , हाम्रो मागको सुनुवाईमा कति सम्म सहयोगी बन्न सक्छ त भन्ने कुराको ख्याल गर्न जरुरी छ । समय प्रतिस्प्रधात्मक छ , प्रतिस्प्रधात्मक समयमा हामी प्रतिस्प्रधाका लायक छौं, कि छैनौं अर्थात हामीले आफुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय बजार सुहा“उदो बनाउन सक्षम भएका छौं कि छौनौं भन्ने कुरा महत्वपुर्ण रहन्छ । शुरु मै उल्लेख गरे जस्तै कतै हामी व्यार्थै बिभिन्न बहानामा समय बिताएका छ छैनौं ? व्यावस्थापनका बिद्यार्थीहरुलाई अलि बढि यसको बारेमा जानकारी हुन्छ , अधिक नाफाको लागि च्ष्कप ँबअतयच ले काम गरेको हुन्छ , जुन काममा जोखिम बढि हुन्छ अर्थात जोखिम मोलिएको हुन्छ, त्यसबाट उपलब्ध हुने परिणामको परिमाण पनि तुलनात्मक रुपमा बढि नै हुन आउ“छ । सुन्नमा आउ“छ बिदेशमा नेपालीहरु धेरै जोखिम मोलेर काम गरिरहेकाछन् । अठार घण्टा सम्म काम गरेर पैसा कमाउनमा अभ्यस्त हुनुपर्ने बाध्यता छ , कम्तिमा लाख बढि खर्चिएर खाडी पुग्ने हामीले देशमा प्राय संभावना देख्दैनौं, यसलाई यसो भनौं सामान्य काम गर्नु हाम्रो निम्ति लाजको बिषय बन्छ, रोजगार नपाएको बहाना बन्छ र कतै लगानी गर्न नसक्ने अर्को बहाना थपिन्छ , बुझ्नुपर्ने कुरा यहा“ छ , हामी स“ग योजना के छ ? व्यवस्थापनको परिभाषाले कुनै पनि कामको स्पष्ट योजना बन्नुलाई आधा काम सकिएको भन्छ । जहा“ सम्म हामी स“ग योजना नै छैन, कुनै काममा तत्परता छैन, आ“ट छैन , चिन्ता खाली छा“ट (लक्षण) र गा“ठ (लगानी)को छ । हामी  प्राय सबै संचार माध्यमको पहु“चमा छौं , दैनिक रुपमा कतै न कतै सामान्य प्रयासबाट पनि सन्तुष्ट भएर कुनै व्यवसायमा संलग्न भएको सफलताका कथाहरु देख्न तथा पढ्न पाउ“छौं । स्विकार्नै पर्ने कुरा यो पनि हो , हामीले आफुले शिक्षा आर्जन गर्न दशकोैंको समय खर्चिएका छौं, उत्तिकै लगानी गरेका छौं , यसो भनिरह“दा हात बा“धेर मात्र बस्नु कति सम्म जायज हो त ? बिर्सनै नहुने कुरा प्राय हामीले अध्ययन गरेको पढाई व्यावहारिक छैन, त्यस माथि भएको शिक्षा पद्धतिबाट पाउनै सकिने कुराहरु पनि हामी आफ्नै कारण अथवा अन्य वाह्य कारणबाट प्रयाप्तता छैन, यो सत्यलाई बुझेर हामीले हामी स“गै भएको प्राज्ञिकतामा टेकेर आफुमा थप सिपको बिकाश गर्दै आफुमा दक्षताको बिकाश गर्न पो सकिन्छ कि ? यस तर्फ पनि ध्यान पुराउन जरुरी छ , जस्तै यसको लागि कुनै सामान्य लगानीमा हुन सक्ने व्यावसायिक काममा हात हाल्न सक्छौं , कुनै प्राबिधिक कुराहरुमा भएको आफ्नो कमजोरीलाई निखारता दिन सक्छौं । आफुमा कमि रहेको भाषाको समस्यालाई लगावका साथ थप बलियो बनाउन सक्छौं त त्यस्तै कतिपय अवस्थामा हाम्रो योग्यता क्षमताले पुग्न सक्ने निजामति सेवाको लागि प्रयाप्त तयारी गर्न सक्छौं । सत्य यो हो , हामी कुनै पनि काम संघर्ष बिना सम्पन्न गर्न सक्दैनौं । कुनै पनि काममा योजना बनाएर अगाडि बढौं, आफुमा आज भन्दा  भोली कुनै न कुनै पक्षबाट सकारात्मक परिवर्तन भएको महशुस गर्न सक्ने वाताबरण आफैले बनाऔं , किनकी हरेक कुराको परिवर्तन सक्षम छ, हामी आफ्नो तुलना अरु कसै स“ग गर्न आवश्यक नै छैन र संभव पनि छैन तसर्थ आफ्नो तुलना आफै स“ग गरौं , हिजोको आफु भन्दा आजको आफु प्रफेट आफु बनौं, आफुलाई कमजोर नठानौं , आफ्नो लागि प्रेरणा आफै बनौं , आफ्नो उपलब्धिमा गर्व गर्न सकौं र संभावनाको खोजी गरौं तर यसको लागि प्रयत्न भने भरपुर गरौं फेरी पनि ‘नो पेइन नो गेइन’......।

Comments