चर्चिलले भनेका छन् ‘सफलताको अन्त्य कहिल्यै हु“दैन र असफलता सत्य हैन यी त मात्र नियमित गणना भित्र मात्र पर्छन् ’ । अर्थात कुनै काममा असफलता भन्ने नै हु“दैन केवल यो सफलता प्राप्तिको यात्रा भित्रको एक चरण मात्र हो न त सफलता भन्ने कुरा नै कुनै एक ठाउ“मा गएर रोकिन्छ । सफलताका अनेक रुप र चरण हुन्छन् जो हाम्रो जीवन प्रयन्त जारी रहेको हुन्छ । यदी सफलताको अन्त्य रोकिने भए हामी एक पछि अर्को आकांक्षा र आवश्यकता जन्माउदै सफलता खोज्ने थिएनौं । हामी कुनै पनि सफलतामा क्षणिक खुसी मात्र भेट्छौं त्यस पछि अर्को सफलताको खोजीमा दौडिइरहेका हुन्छौं । स्कुल शुरु गर्दाका दिनमा कुनै कक्षालाई पार गर्नुलाई हामी लक्ष्य ठान्यौं जव कक्षा अगाडि बढ्दै गयो त्यस पछि पनि अर्को कक्षाको सफलताको भोक हामीमा लागि रह्यो । स्कुल सिद्धाए पछि कलेजका दिनहरुमा यस्तै सफलता र भोकहरु जन्माउदै गयौं । त्यस्तै केही शिक्षा आर्जन गरिसकेपछि सामान्य भए पनि रोजगारीको अवसरको खोजीमा रह्यौं । त्यस भित्र पनि फेरी अनेक उत्कृष्ट अवसरको खोजीमा जोतिएका हुन्छौं । अन्य पेशा तथा व्यवसायको हकमा पनि त्यस्तै हुन्छ । यसको मतलव हामी कुनै पनि सफलता तथा असफलतालाई लक्ष्य भित्रको नियमिति अन्त्यहिन प्रकृयाको रुपमा हेर्न सक्छौं । सफलताको यात्रा भित्र जन्मिएका यस्तै धेरै असफलताहरुले हामीलाई थप बलियो बनाउदै लगेको हुन्छ । सामान्यत हामी कुनै पनि कामको असफलता पछि त्यसलाई लत्याएर अर्को काम तथा योजना तर्फ गएका हुन्छौं । यस बेला हामीले के बिर्सेका हुन्छौं भने अगाडि गरेको लगानीले हामीलाई सफलता नमिले पनि थप निखारता र अनुभवको सृजना गर्न सहयोग गरेको हुन्छ । पहिलो पटक संचालन गरेको कुनै कुखुरा फर्म संचालन गर्दा व्यावसाय डुव्यो भने अब धेरैको ध्यान फेरी त्यही व्यावसाय संचालन गरु“ भन्ने हु“दैन धेरैले अबको योजनामा अर्को व्यावसाय पर्न जान्छ । यो अवस्थामा हामीले कुखुरा पालन गर्नको लागि र कुखुरा पालन गर्नको लागि आवश्यक पुर्वाधार तथा सिपको बिकाशमा धेरै प्रगति गरेका हुन्छौं । अगाडि गरिएको कामबाट सिकिएको सिप तथा सजगता अबको लागि सिकाइ बन्छ र व्यावसाय सफलताका लागि सहयोगी बन्छ तर अर्को नया“ व्यवसाय संचालन गर्दा पहिलोको जस्तै असफलताको प्रवल संभावना हुन्छ । यो त कुनै व्यवसाय स“ग जोडेर भएको उदाहरणको कुरा भयो हाम्रा दैनिक कामहरु यस्तै सफलता, असफलता तथा सिकाइहरु बोकेर आएका हुन्छन् हामीले यसलाई प्रयोग गर्न र यसबाट केही लिन सक्नुपर्छ । यसले नै सफल बन्नको लागि केही भुमिका खेल्न सक्छ । अल्वर्ड आइन्स्टाइनले भनेका छन् ‘ प्रयासले मानिस सफल हुदैन यसले त मानिसको मुल्य बढाउन सहयोग पुग्छ ’ । यस भनाइले के अथ्याउछ भने हामी कुनै काममा जति सक्रियता जनाउछौ उति परिपक्क र बलियो बन्दै जान्छौं । सफलताको लागि कुनै पनि भौतिक कुरा तथा मानसिक सन्तुष्टि प्राप्ती लाई मात्र हेर्न भन्दा पनि भएका प्रयासहरुबाट थप सफलताको लागि सहयोगी बन्ने कुरालाई पनि उपलब्धिको रुपमा हेर्नु आवश्यक हुन्छ । कुनै पनि कुराको सफलताका लागि निरन्तर प्रयासलाई नै साधनाको रुपमा हेर्न धेरै सफल व्याक्तिहरुले बताएका हुन्छन् । सफलताका लागि कतै याचना भन्दा पनि सफलताको ढोका ढक्ढकाउनुपर्छ यसको लागि ढोका चिन्न र ढोकाको नजिक पुग्ने प्रयास जारी रहनुपर्छ । तसर्थ हरेक कुरालाई असफलता भन्दा पनि असफलता भनिएको कुरा भित्र सफलताका केही सुत्रको खोजी गर्नु बुद्धिमानी हुन्छ ।

Comments
Post a Comment