Skip to main content

खुसी, सुख र जीवन - प्रेम पुन्थोकी


कहिले का“ही साथीहरुस“ग स्पष्ट जवाफै नभएका बिषयमा बहस हुन्छ । गुणस्तरीय जीवन भित्रको आत्मिक अनुभुतिजन्य पाटो हामी सुखको खोजीमा छौं कि खुसीको ? यसको तुलना गर्न खोज्दा मलाई यो माया र दया बिच तुलना गरे जस्तो लाग्छ । हुन त माथिका यि सबै कुराहरु अनुभुति या महसुस गर्ने कुराहरु हुन् तर गहिरिएर सोंच्ने हो भने यो फरक खोजको बिषय हो जस्तो लाग्छ । आम मानिस सुखको खोजीमा हुन्छ की खुसीको ? पछिल्लो प्रश्न बाटै स्पष्ट हुन्छ सुख भित्र खुसी जोडिएको छ तर खुसी जति प्रिय शब्द छ सुख त्यति संकुचित । अचम्म लाग्दो कुरा किताब लेख्नेहरुले आज सम्म खुसीलाई समेटेर किताब लेख्न जति हिच्किचाए, ठ्याक्कै त्यसको फरक सुखलाई समेटेर धेरै किताब लेखिए । मानव अस्तित्वले स्विकारेका भगवान बुद्ध देखी हाल सम्मका साधु, सन्त महात्महरु सुखको खोजीकै लागि सर्वस्व त्याग समेत गरेका छन् । यसबाट इतिहास तर्फ फर्कदा न त हिंजो भगवान गौतम बुद्धले सुखलाई भेटाए न त अहिले गृहस्त र सांसारिक मोहबाट बाहिर पुगेर त्यसकै खोजीमा छौं भन्नेले नै त्यसलाई भेटाए । तथापी सुख प्राप्तीका लागि केही बाटाहरु बताएका छन् त्यसलाई कुनै दिन अर्को प्रसंगमा छलफल गरौंला । तर आज थोरै सुखस“ग तुलना गरेर खुसी भित्रका कुरा गरौं ।  संसारका मानिसहरुले जतिसुकै भट्टाए पनि सुख भन्ने कुरा शब्दमा जति बढि प्रयोग हुन्छ हाम्रो दैनिकीमा त्यति नै कम भेटिन्छ जति खुसी हाम्रा वरिपरि झुमिन्छ । एउटा सानो बच्चा जसले स्कुलको कुनै परिक्षामा सफल भएर आउ“छ , त्यस बेला उसको अनुहारमा देखिने परिवर्तन, चमक हुन्छ त्यो खुसीको क्षणलाई कति आनन्दित महसुस गर्न सकिन्छ , बच्चाको त्यही खुसीले उसको अभिभावकको मनमा उत्पन्न हुने त्यो आनन्दलाई अर्को खुसीको रुपमा हेर्न सकिन्छ । सुख हरेक भौतिक तथा मानसिक सम्पन्नताले ल्याउ“छ तर खुस हरेक अभावमा पनि पिडालाई चिरेर पनि बाहिर आउ“छ । सालिन महल होस् , घरमा आधुनिक सुबिधा सम्पन्न गाडि तथा अन्य प्रबिधि होस् , मनग्ये आम्दानी होस् , परिवार मिलेर संसार सयर गर्ने औकात होस् , सबै होस् तर त्यसमा सन्तुष्टि या खुसी भेटिएन भने बाहिरी संसार र बाहिरी आ“खाले देखिएको त्यो सुखको कुनै अर्थै देखिन्न । तर सबै अभाव होस् , आत्म शान्ति होस् , सन्तुष्टि होस् त्यसले जन्माउने खुसी, अगाडिको बैभवशाली सुखको तुलनामा कैंयौं गुणा प्रभावकारी बन्छ । तसर्थ जसरी सुखलाई भौतिक संसारमा खोज्न सकिन्छ अथवा भौतिक सम्पन्नताले सुखको खोजी गरिन्छ तर खुसी अभाव र पिडाबाट पनि पलाउ“छ । एउटा मजदुर दिनभर काममा जोतिन्छ , केही छाक टार्नको लागि खर्चपर्च बोकेर घरमा फर्कन्छ । घरमा छोराछोरी , परिवार उसकै पर्खाइमा भोकभोकै बसेका हुन्छन् , जव उसले बोकेर ल्याएको पोको खोल्छ, परिवारका सबैको मुहारमा एकै पटक खुसीको दीप धपक्क बल्छ ,त्यसबेलाको माहोललाई खुसीले प्रतिनिधित्व गर्छ । संसारले भनेको सुख भित्र खुसी नभेटिन पनि सक्छ तर हरेक खुसीमा सुख महसुस हुन्छ नै । एउटी आमाले बच्चाको जन्म दिन्छिन् , गर्भ बोके देखी बच्चा जन्माउने बेला सम्मको उनको भोगाई कम पिडादायी पक्कै हुन्न तथापी जव उनले बच्चालाई यस संसारमा जन्म सकुशल जन्म दिन्छिन् तब सन्तान प्राप्तिले उत्पन्न खुसीले त्यसबेला सम्मका सबै पिडालाई उनले बिर्सिएकी हुन्छिन् । सुख सबैको सहज पहु“चको बिषय नबन्न सक्छ तर खुसी सबैको पहु“चको बिषय हो । खुसी चाहेर हुन सकिने बिषय हो तर सुखी चाह“दैमा नबनिन सक्छ । खुसी हाम्रो जीवनको प्रेरणा हो । खुसीका कुरा गरिरह“दा मान्छे कसरी खुसी रहने भन्ने कुरालाई बुझ्न जरुरी छ । यो पंतिहरु लेखिरह“दा मेरो अगाडि एउटै खुट्टाले संसार नचाउनेहरुलाई जोडेर बनाइएको साप्ताहिक पत्रिकाको फिचर सामाग्री छ । आफ्नो जीवन खण्डका बिभिन्न समयमा बिभिन्न कारणबाट खुट्टा गुमाउनेहरु आफ्नो नाच्ने कलालाई एउटै खुट्टाबाट पनि प्रस्तुत गरेर चर्चित मात्र नबनी यसलाई नै जीवन निर्वाहको माध्यम बनाएकाहरुको कुरा उल्लेख छ । फरक शारिरिक क्षमताका बिच पनि आफुहरु खुसी साथ बा“चेको प्रेरणदायी कथाले खुसीले बा“च्न मात्र होइन सफल जीवन जीउन पनि सिकाउ“छ भन्ने कुराको स्पष्ट संकेत गरिरहेको छ । जीवनका हरेक कुराहरु भित्र बाट सकारात्मक पक्षहरुलाई केलाउन सक्ने हो भने खुसीलाई जन्माउन सकिन्छ । दुःख र अभाव भन्ने कुरा सबैस“ग छ,अर्थशास्त्रको भाषामा कतिपय यि कुराहरुलाई आवश्यकताको सिद्धान्तले लिड गरेको हुन्छ । हाम्रा आवश्यकता असिमित छन् , साधन, स्रोतमा पहु“च सिमित कुरामा हुन्छ अनि जसले त्यसको सहि व्यवस्थापन र त्यस प्रतिको सहि बुझाइ बनाउन सक्दैन उ खुसी रहन्न र बलजफ्ती जीवनलाई हार्न बाध्य बनाउ“छ । खुसीको कुरा गरिरहदा कुनै कुरामा हामीले चाहिने भन्दा बढि सोंचेर अथवा आफुले आफैलाई दवावमा राखेर दुःखी बनेका हुन्छौं । खुसी हाम्रो जीवनको प्रेरणा हो, खुसी रहने मान्छे सफल मात्र होइन सार्थक लामो जीवन बा“च्छ भन्ने कुरामा सत्यता छ । आफैमा रमाउन सिकौं, हा“स्न सिकौं, बा“च्न सिकौं, संघर्ष त साथी हो नै खुसी सफल यात्राको बलियो हतियार हो ।

Comments