अहिले चिसोको मौसम छ , कम्तिमा बिहानको आठ नबज्दा सम्म सिरकबाट बाहिरिने मन सायदै कमैलाई हुन्छ र मलाई पनि । यहि परिस्थितिलाई हेर्दा मेरो मनमा धेरै कुरा खेल्छन् । दिन छोटो रहेका यि समयमा सा“झ खाना खाइवरी आठ बज्दा बिस्तारामा पुग्दा र भोली बिहान आठ बजे उठ्ने हो भने बाह्र घण्टा हाम्रो समय सुतेरै जा“दो रहेछ । यसरी हेर्दा हामी आफ्नो औसत उमेरको तीस बर्ष भन्दा बढि सुतेरै बिताउ“छौं या बित्छ । यि कल्पना गर्दा हाम्रो उर्जाशिल समयको कसरी प्रयोग भइरहेको छ भन्ने कुरा पनि मनमा खेल्छ । यस्तो परिस्थितिमा हामीले धेरै बहानाहरु मनमा खेलाएका हुन्छौं । जस्तै कहिले अत्याधिक चिसो छ भनेर मनमै बहाना बनाउ“छौ । कहिले दिनभर कुनै काममा खट्नुपरेको कारण थकाइ लागेको कारण आफै स“ग देखाउ“छौ । कहिले स्वास्थ्यमा केही अस्वस्थता महसुस गर्नुपरेको भने ठान्छौं, कहिले विक इण्ड तथा मन्थ इण्डको बहाना पार्छौं । कहिले कोही साथी स“ग समय खर्चनु परेको अथवा साथीलाई समय दिनको लागि समय खर्चिएको बहाना पार्छौं , कहिले कतै कुनै उत्सव तथा महोत्सवमा जुट्नु परेको बहाना गर्छौं एवं रितले हामीमा धेरै बहानाहरु सृजिइन्छन् जसले हामीलाई अल्छि मात्र ब...
कहिले का“ही साथीहरुस“ग स्पष्ट जवाफै नभएका बिषयमा बहस हुन्छ । गुणस्तरीय जीवन भित्रको आत्मिक अनुभुतिजन्य पाटो हामी सुखको खोजीमा छौं कि खुसीको ? यसको तुलना गर्न खोज्दा मलाई यो माया र दया बिच तुलना गरे जस्तो लाग्छ । हुन त माथिका यि सबै कुराहरु अनुभुति या महसुस गर्ने कुराहरु हुन् तर गहिरिएर सोंच्ने हो भने यो फरक खोजको बिषय हो जस्तो लाग्छ । आम मानिस सुखको खोजीमा हुन्छ की खुसीको ? पछिल्लो प्रश्न बाटै स्पष्ट हुन्छ सुख भित्र खुसी जोडिएको छ तर खुसी जति प्रिय शब्द छ सुख त्यति संकुचित । अचम्म लाग्दो कुरा किताब लेख्नेहरुले आज सम्म खुसीलाई समेटेर किताब लेख्न जति हिच्किचाए, ठ्याक्कै त्यसको फरक सुखलाई समेटेर धेरै किताब लेखिए । मानव अस्तित्वले स्विकारेका भगवान बुद्ध देखी हाल सम्मका साधु, सन्त महात्महरु सुखको खोजीकै लागि सर्वस्व त्याग समेत गरेका छन् । यसबाट इतिहास तर्फ फर्कदा न त हिंजो भगवान गौतम बुद्धले सुखलाई भेटाए न त अहिले गृहस्त र सांसारिक मोहबाट बाहिर पुगेर त्यसकै खोजीमा छौं भन्नेले नै त्यसलाई भेटाए । तथापी सुख प्राप्तीका लागि केही बाटाहरु बताएका छन् त्यसलाई कुनै दिन अर्को प्रसंगमा छलफल गरौंला । त...